बाबुरामको गृहनगरमा माओवादी र जसपाको बराबर भोट

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ११ : ३०
बाबुरामको गृहनगरमा माओवादी र जसपाको बराबर भोट

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्र र जसपाको बराबर मत आएको छ । माओवादीका मेयर उम्मेदवार विवस चिन्तन र जसपाका प्रेमबहादुर गुरुङले अहिलेसम्म भएको मत गणनामा बराबर १२८७ ल्याएका हुन् । यहाँ जसपा र एमालेबीच तालमेल छ । 

त्यस्तै कांग्रेसका दीपकबाबु कँडेलले १०६१ मत ल्याएका छन् । उपप्रमुखमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीकी बन्दना पाण्डेले १३४५, कांग्रेसकी चेतकुमार श्रेष्ठले ९७९ र एमालेकी पार्वतीदेवी पाठकले ६०९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस