बंगलाचुली-८ काे वडा अध्यक्षमा माओवादीका झबिन्द्र गाहामगर निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १० : ४७
बंगलाचुली-८ काे वडा अध्यक्षमा माओवादीका झबिन्द्र गाहामगर निर्वाचित

काठमाडाैँ ।बंगलाचुली गाँउपालिका वडा नम्बर ८ मा नेकपा माओवादी तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार झबिन्द्र गाहामगर विजयी भएका छन्। गाहाले ५१३ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देबिराम चर्चीले ३६१ र नेपाली कांग्रेसका उम्मेदवार डम्बर खत्रीले ३५२ मत ल्याए।निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीका अनुसार महिला सदस्य जानका गाहा मगरले ५१३, दलित महिला सदस्य तुलसी सुनारले ५१६, खुल्ला सदस्य खुम बहादुर गाहाले ४९५ र खुल्ला सदस्य पालसिंह गाहाले ५०० मत लिएर विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस