भद्रपुरमा कांग्रेस अगाडि

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १० : ४४
भद्रपुरमा कांग्रेस अगाडि

काठमाडाैँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा कांग्रेसको मतान्तर बढदै गएको छ। अहिलेसम्म ५५४६ मत गन्दा मेयर पदका उम्मेदवार कांग्रेसका गणेश पोखरेलले १९०२ मत ल्याएका छन्।

नेकपा एमालेका असारु राजवंशीले १५०० मत ल्याएका छन्। राप्रपाका नवराज पनेरुले १३३५ मत प्राप्त गरेका छन्।यसैगरी, उपमेयर पदमा नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारी १७५६ मत प्राप्त गरेका छन्। एमालेकी कौशिल्या अधिकारीले १४३३, राप्रपाकी राधा कार्कीले १३७० मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस