ललितपुर महानगर–१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १० : ३६
ललितपुर महानगर–१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् । उनले ६६१ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् । नगर प्रमुखमा  कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ । 

कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन् । उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेका छन् 

प्रतिक्रिया दिनुहोस