रसुवा : गोसाईकुण्ड गाउँपालिका–२ मा कांग्रेस प्यानलले गर्यो क्लिन स्विप

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०७ : ३२
रसुवा : गोसाईकुण्ड गाउँपालिका–२ मा कांग्रेस प्यानलले गर्यो क्लिन स्विप

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए । 

गोसाईकुण्ड गाउँपालिका २ को वडा सदस्यमा सोनाम छिरिङ घले, कामी सेदार घले,  दलित महिला सदस्यमा लक्ष्मि परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस