महोत्तरी : बर्दिबास–७ को वडाध्यक्षमा गठबन्धनका बागी उम्मेदवार यादव विजयी, १ मतले हारजित

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०७ : ००
महोत्तरी : बर्दिबास–७ को वडाध्यक्षमा गठबन्धनका बागी उम्मेदवार यादव विजयी, १ मतले हारजित

महोत्तरी । बर्दिबास नगरपालिका–७ को वडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनाबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेका सोगारथ यादव १ मतान्तरले विजयी भएका हुन् । 

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदा माओवादी केन्द्रका सुरेन्द्र सिंहले ७२६ मत पाए । अन्य वडाको मतगणना जारी छ । प्रारम्भिक विवरण अनुसार मेयरमा कांग्रेसका अर्का बागी प्रल्हाद क्षेत्री १ हजार ५५४ मतसहित अगाडि छन् । 

प्रतिक्रिया दिनुहोस