चितवन : माडी नगरपालिका–१ को वडाध्यक्षमा राप्रपाका लामा निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०६ : ५१
चितवन : माडी नगरपालिका–१ को वडाध्यक्षमा राप्रपाका लामा निर्वाचित

चितवन । स्थानीय निर्वाचन २०७९ अन्तरगत माडी नगरपालिका वडा नं–१ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन् ।  आइतबार बिहान सकिएको मतगणनामा लामाले १४३३ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी यसअघि सोही वडाको निर्वाचित वडा सदस्य थिए । उनको निकटतम् प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ र एमाले उम्मेदवार टिकाराम सुवेदीले १२६ मत पाउन सफल रहे । 

सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्य राप्रपाकै गुना धमला लोहार र खुल्ला सदस्यमा काँग्रेसका जय नारायण लामिछाने र राप्रपाका दिपेन्द्र महतो निर्वाचित भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस