स्थानीय तह निर्वाचन

कालिका र माडीमा एमाले उम्मेदवार अगाडि, रत्ननगरमा गठबन्धन

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १७ : ३०
कालिका र माडीमा एमाले उम्मेदवार अगाडि, रत्ननगरमा गठबन्धन

चितवन । चितवनमा मतगणना भइरहेका तीन नगरपालिकामध्ये दुईमा एमाले उम्मेदवार अगाडि देखिएका छन्। कालिका नगरपालिकामा ७०० मत गणना गर्दा एमालेका मेयर उम्मेदवार विनोद रेग्मीले ३०२ मत पाएका छन् भने गठबन्धनबाट कांग्रेसका शिवराम केसी २६४ मत ल्याएका छन्।

माडी नगरपालिकामा १००० गणना हुँदा एमालेका ताराकुमारी काजी महतोले ४०८ पाएकी छन् भने गठबन्धनबाट माओवादी केन्द्रका ऋषि काफ्ले ४०१ मत पाएका छन्।रत्ननगर नगरपालिकामा २०० भोट गणना गर्दा गठबन्धनबाट कांग्रेसका प्रल्हाद सापकोटाले ११२ मत पाएका छन् भने एमाले- विमलादेवी दुवाडी ५६ ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस