रसुवाको कालिका गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। नतिजाअनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।
नेकपा माओवादी केन्द्रका दावा तामाङले पाँच सय ६६ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले पाँच सय ४८ मत ल्याए।यस्तै, नेकपा एमालेका आङतेम्बाले एक सय ७२ मत ल्याएका छन्। महिला सदस्यमा कल्पना तामाङ, दलित महिला सदस्यमा ज्योतिसरा परियार, खुला सदस्यमा लक्षिण लामा तामाङ र उर्पा थोक्रा तामाङ विजयी भएका हुन्।
०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रले विजयी हासिल गरेको थियो। वडाध्यक्षमा विजयी तामाङ यसअघि नेपाल पत्रकार महासंघ रसुवाका सचिव तथा जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १७ : ०९
लेखकबाट थप