उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको जनाएको छ। उनीहरूलाई कोभिड भएको आशंका पनि गरिएको छ। यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ।
उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन। यहाँ खोप नलगाएका मानिसहरू रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। यहाँ शुक्रबार एकै दिनमा मात्रै एक लाख ७४ हजार ४४० जना भन्दा बढीलाई ज्वरो आएको थियो। कम्तीमा ८१ हजार ४३० जना पूर्णरूपमा निको भएका थिए।
ज्वरोको कारण देशभर २१ जनाको मृत्यु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ। उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो। त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे
अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित
चिनियाँ राष्ट्रपति जिनपिङले दिए संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई
विमानभित्र महिलाले स्टन्ट गरेको भाइरल भिडियामा के छ ?
पाकिस्तानको पेसावरमा २ व्यापारीको गोली हानी हत्या
उत्तर कोरियामा १० लाख कोरोना संक्रमित