कौडेना गापामा झडप

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १४ : ११
कौडेना गापामा झडप

काठमाडौं । कौडेना गाउँपालिका कार्यालय स्थलमा आज मध्याह्न फेरि झडप भएको छ।

सर्लाही कौडेना बजारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताहरूबीच त्रिपक्षीय झडप भएको हो। मतगणनाका लागि गाउँपालिका कार्यालयभित्र सर्वदलीय बैठक भइरहेको वेला बाहिर जम्मा भएका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय पनि कौडेनामै छन्।कौडेना गाउँपालिका–४, मोतीपुरमा पुनः मतदान गर्नुपर्ने र हिजो शुक्रबार भएकै मतदान गणना हुनुपर्ने भन्नेमा विवाद भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस