काठमाडौंमा बालेन्द्रको अग्रता कायम, दोस्रोमा उक्लिए स्थापित

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १२ : ४५
काठमाडौंमा बालेन्द्रको अग्रता कायम, दोस्रोमा उक्लिए स्थापित

 काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा उक्लिएका छन् । काठमाडौैंको वडा नम्बर–१ र ३२ को मतगणना गर्दा बालेन्द्रले ४३ मत पाएका छन् । 

एमालेका उम्मेदवार केशव स्थापितले भने ३८ मत पाएका छन् । स्थापितलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिर्जनाले ३७ मत पाएकी छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस