बाँकेका पाँच स्थानीय तहमा मतगणना जारी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १२ : ००
बाँकेका पाँच स्थानीय तहमा मतगणना जारी

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना जारी छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए ।उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना भइरहेको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो ।

एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए ।

प्रतिक्रिया दिनुहोस