पाल्पाको माथिगढी गाउँपालिका ८ मा कांग्रेस प्यालन विजयी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ११ : ५५
पाल्पाको माथिगढी गाउँपालिका ८ मा कांग्रेस प्यालन विजयी

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका – ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगा मगरको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याएका छन् ।महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ।

बहादुरपुरबाट कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापामगरले ४ सय ५, उपाध्यक्ष विजया भट्टराईले ३ सय ९८ मतसहित अग्रता गरिरहेका छन् ।निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले ३ सय ३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३ सय ६ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस