वीरगञ्जमा केही बेरमा मतगणना शुरु हुने

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ११ : ३२
वीरगञ्जमा केही बेरमा मतगणना शुरु हुने

वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा केही बेरमा मतगणना शुरु हुने भएको छ ।

बिहान ११ बजेदेखि मतगणना कार्य शुरु गरिने भनिए पनि अहिले खाना खानको लागि केही बेर ढिलो गरि मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।पौने १२ बजेदेखि वीरगञ्जको नृसिङ माबिमा मतगणना शुरु हुने उनले जानकारी दिए ।वीरगञ्जमा ९४३२४ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस