जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् । अहिलेसम्म ७ सय मतको गणना हुँदा कांग्रेसका बागी उम्मेदवार मनोज साहले २३२ मत ल्याएका छन् ।
गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साहले भने ३४ मत मात्र ल्याएका छन् । यस्तै नेकपा एमालेका शिवशंकर साह हिराले ९५, स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतोले ५३, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज कुमार चौधरीले ४१ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले २७ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, ११ : २८
लेखकबाट थप