पाणिनि गाउँपालिका- १ मा कांग्रेसकाे प्यानल नै विजयी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ११ : १४
पाणिनि गाउँपालिका- १ मा कांग्रेसकाे प्यानल नै विजयी

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नं १ मा कांग्रेसको प्यानल विजयी भएको छ।

वडाध्यक्षमा कांग्रेसका कमलप्रसाद पोख्रेल ८१३ मत ल्याएर विजयी भएका हुन्।एमालेका उम्मेदवार रुद्र पोखरेलले ६५९ मत ल्याए। पाणिनि-१ मा यसअघि पनि कांग्रेसकै उम्मेदवारले जितेका थिए।

पाणिनिमा यसअघि अच्युत गौतमले र उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतमले जितेका थिए।तर, निर्वाचनअघि उपाध्यक्ष गौतम कांग्रेस प्रवेश गरेकी थिइन्। यहाँ अध्यक्ष र उपाध्यक्षमा दुवैजना कांग्रेसबाट पुन: उम्मेदवार छन्।

 

प्रतिक्रिया दिनुहोस