चितवन मतगणना अपडेट : तीन पालिकामा एमाले र  दुईमा काँग्रेसको अग्रता (सूचीसहित)

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १० : ३८
चितवन मतगणना अपडेट : तीन पालिकामा एमाले र  दुईमा काँग्रेसको अग्रता (सूचीसहित)

चितवन । भरतपुर र रत्ननगरबाहेक सबै पालिकामा अहिले मतगणना जारी छ । भरतपुर र  रत्ननगरमा मतगणनाको तयारी हुँदै छ । राप्ती, माडी र इच्छाकामनामा एमालेले अग्रता लिएको छ । खैरहनी र कालिकामा कांग्रेसले अग्रता लिएको छ । 

राप्ती–६ मा ८०० मत गन्दा मेयरका उमेदवार एमालेका गोविन्द्र प्रसाद कँडेलले ४४२ र गठबन्धनतर्फबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन् । उपमेयरका उमेदवार एमालेकी मेनुका पाठकले ४७२ र कांग्रेसका देवेन्द्र लामाले २९३ मत ल्याएका छन् ।

माडी–१ मा ६०० मत गन्दा मेयरका उमेदवार एमालेकी ताराकाजी महतोले २७१ र माओवादी केन्द्रका ऋषी काफ्लेले २४१ मत प्राप्त गरेका छन् । उपमेयरका उमेदवार कांग्रेसका खेम महतोले २३१ र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले १८४ मत ल्याएका छन् । 

कालिका–१ मा ३०० मत गन्दा मेयरमा एमालेका विनोद रेग्मीले ११९ र कांग्रेसका शिवराम केसीले १२१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी बिमला लामाले ११९ र माओवादीकी सविता लामाले ११४ मत ल्याएका छन् । खैरहनी–२ मा ४०० मत गन्दा मेयरका उमेदवार कांग्रेसका शशी खनियाले २७१ र एमालेका लालमणी चौधरीले ८७ मत ल्याएका छन् ।  

इच्छाकामना–१ मा ६०० मत गन्दा अध्यक्षमा एमालेका दान बहादुर गुरुङले २८४ र कांग्रेसकी गीता गुरुङले २६० मत ल्याएकी छन् । उपाध्यक्षमा एमालेकी माया सिलवालले २९२ मत र माओवादीका प्रताप गुरुङले २६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस