धनगढी । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ । पहिलो एक सय मतको गणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए ।
उनकाअनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन् ।५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो । टीकापुरमा शनिबार बिहानदेखि मात्रै मतगणना सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १० : ३२
लेखकबाट थप