संखुवासभा ।संखुवासभामा मत गणना सुरु गरिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शुक्रबार राति १२ बजे बाट मत गणना जारी छ। अहिले खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिका मतगणना भइरहेको छ।
खाँदबारी नगरपालिकामा ४ सय मत गणना गर्दा गठबन्धनले अग्रता बनाएको छ। गठबन्धनका मेयर महेश थपलियाले २७२ मत ल्याउँदै अगाडी छन्। त्यस्तै, नेकपा एमालेका जितबहादुर घिमिरेले १०५ मत प्राप्त गरेका छन्। उपमेयरमा गठबन्धनका दिव्यराज बरालले १६३ मत ल्याउँदै अग्रता बनाएका छन्। भने एमालेकी महेश्वरा बज्राचार्यले १५४ मत प्राप्त गरेकी छन्।
त्यस्तै, सभापोखरी गाउँपालिका गठबन्धनका अध्यक्षमा भीमबहादुर लिम्बुले ११० मत ल्याउँदै अगाडि छन्। उपाध्यक्षमा गठबन्धनका लक्ष्मी चापागाईँले ९३ मत ल्याउँदै अग्रता बनाएकी छन्। भने एमालेकी सविता बरालले ८७ मत प्राप्त गरेकी छन्।
त्यस्तै, चिचिला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका पासाङ नुर्बु शेर्पाले ३३९ मत, माओवादी केन्द्रका रिपप्रसाद राईले –२६९ मत र एमालेका रामबहादुर गुरुङ ९९ मत प्राप्त गरेका छन्। भने उपाध्यक्षमा कांग्रेसकी मनकला राई ३२९ माओवादी तिर्थमाया राईले २४५ र एमाले बिष्णु कुमारी राई १३६ प्राप्त गरेकी छन्। अन्य पालिकाको मत गणना १० बजे पछि गर्ने तयारी भइरहेको छ।
संखुवासभामा ४ सय पदका लागि १ हजार ११ जनाले उम्मेदवारी दिएका थिए। जिल्लाभर ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता छन्। जिल्लामा १०३ मतदान स्थल र १६२ मतदान केन्द्र रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १० : २८
लेखकबाट थप