काठमाडौं । जीतपुर सिमरा उपमहानगरपालिकामा वडा नं २४ को मतगणना भइरहेको छ । मतगणनाअनुसार गठबन्धनका उम्मेदवार अग्रस्थानमा देखिएका छन् । १८ सय १६ खसेको मत मध्ये १२ सय १० मत गणना सकिएको छ ।
जसमध्ये गठबन्धनका प्रमुखका उम्मेदवार माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखका उम्मेदवार काँग्रेसकी मेघा शाहीले क्रमशः ५४३ र ५४३ मत ल्याएका छन् । दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख र उपप्रमुखका उम्मेदवार संजय कुमार साह र विपि मोक्तानले ४–४ सय मत ल्याएका छन् ।
नेकपा एमाले उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् । एमालेकी उम्मेदवार सरस्वती चौधरी र उपप्रमुखका उम्मेदवार भोला अधिकारी समान २६७–२६७ मत ल्याएका छन् । त्यसैगरी वडा नं २४ मा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुल्तान अन्सारीले ५४३ मत ल्याएका छन् ।
उनका निकटतम् प्रतिष्पर्धी लोसपाका वडाध्यक्षका उम्मेदवार कलान अन्सारीले ४ सय मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदावार सेराजुन अन्सारी २७६ मत ल्याएका छन् । पहिलो चरणमा एकछापे मत मात्रै गणना गरेको सहायक निर्वाचन अधिकृत बलराम खड्काले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १० : १७
लेखकबाट थप