चितवनबाट अवैधरुपमा गाई ओसारपसार गर्ने एक जना पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ०७ जेठ २०७५, १७ : ४१
चितवनबाट अवैधरुपमा गाई ओसारपसार गर्ने एक जना पक्राउ

चितवन । अवैधरुपमा गाई ओसारपसार गरिरहेको अवस्थामा चितवन प्रहरीले ४ वटा गाईसहित एक जनालाई पक्राउ गरेको छ । पुर्व पश्चिम राजमार्गमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा प्रहरीले सोमबार विहान भरतपुर – १० स्थित बसपार्कचोकबाट ओसारमा संलग्न ना ४ च ६६३४ नम्बरको बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।
गाईसहितको गाडी र चालकलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन चेकप्वाईन्ट आँपटारी चितवनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस