अडलट कारोबार नगराउन ब्रोकरलाई नेप्सेको निर्देशन

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, ११ : ४१
अडलट कारोबार नगराउन ब्रोकरलाई नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अडटल कारोबार नगराउन ब्रोकरहरुलाई निर्देशन दिएको छ । धितोपत्र कारोबार सञ्चालन नियमावलीमा भएको व्यवस्था अनुसार सामूहिक लगानीकोषको इकाई भएमा अंकित मूल्य १० रुपैयाँको १०० कित्ता, अंकित मूल्य रू. १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको छ ।

त्यस्तै अंकित मूल्य रू. १ हजार भएको ऋणपत्र भएमा १ कित्ता कारोबार हुने व्यवस्था रहेको छ । उल्लेखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुने नेप्सेको जनाएको छ । कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्रधनिहरुले आफ्नो धितोपत्रलाई अडलट बनाई समेत विक्री गर्न नपाईने जानकारी नेप्सेले दिएको छ  ।

कानूनी व्यवस्था बमोजिम धितोपत्र ब्यवसाय संचालक गर्ने जिम्मा अनुमतिपत्र प्राप्त सदस्य दलालमा रहेको स्मरण गराउदै सम्पूर्ण सदस्य दलाललाई उक्त प्रावधान विपरित सदस्य दलाल ब्यवसायीको टिएमएस प्रणालीबाट अनलाइन तथा अफलाइनमार्फत समेत अडलटमा कारोबार गर्ने नेप्सेले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस