भरतपुरमा गठबन्धनको आमसभा, देउवा–प्रचण्डलगायतले सम्बोधन गर्ने

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, ०७ : ५१
भरतपुरमा गठबन्धनको आमसभा, देउवा–प्रचण्डलगायतले सम्बोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धनले चितवनको भरतपुरमा बिहीबार आमसभा गर्ने भएको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरु चितवन जाने कार्यक्रम रहेको छ । 

भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादु देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको चुनावी प्रतिस्पर्धालाई अहत्वका साथ हेरिएको छ । सोही कारण आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन गठबन्धनले चुनावी सभा गर्न लागेको हो । 

भरतपुरमा गठबन्धनको तर्फबाट माओवादीकी रेनु दाहालको मेयर पदमा उम्मेदवारी रहेको छ भने उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको उम्मेदारी छ । यता एमालेले मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस