जिम्बावे ‘ए’विरुद्ध नेपालको सहज जित

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, १६ : १०
जिम्बावे ‘ए’विरुद्ध नेपालको सहज जित

काठमाडौँ। तीन खेलको टी–२० सिरिजअन्तर्ग अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’लाई पराजित गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बावेलाई ८ विकेटले पराजित गरेको हो।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन बनाएको थियो।जिम्बावेका लागि रोय काइयाले ४९, तादिवानशे मरुमानीले २७, लुक जोङ्वेले २३ र इनोसेन्ट काइयाले १४ रन बनाए पनि अरु कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

जिम्बावेलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले एक–एक विकेट लिए।१३७ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको नेपालले १५ ओभर ५ बलमा २ विकेटको लक्ष्य पूरा गर्‍यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ५४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का हिर्काए। यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमदले १० रनको योगदान दिए।

तीन खेलको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

अब नेपाल र जिम्बावे ‘ए’बीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ। आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको तयारीका लागि नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो।

 

प्रतिक्रिया दिनुहोस