कांग्रेसको भ्रातृ संघ र शुभेच्छुक संस्थाहरूको पूर्व-निर्धारित महाधिवेशन स्थगित गर्न निर्देशन

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, १४ : १८
कांग्रेसको भ्रातृ संघ र शुभेच्छुक संस्थाहरूको पूर्व-निर्धारित महाधिवेशन स्थगित गर्न निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुको पूर्व-निर्धारित महाधिवेशन स्थगित निर्देशन दिएको छ। वैशाख ३० गते हुने निर्वाचनको माहोल बनाउन लाग्नुपर्ने भएकाले महाधिवेशन रोक्न निर्देशन दिएको हो। 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी आवद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुको अधिवेशन महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ-आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्ने गरी पूर्व निर्धारित महाधिवेशन हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ।’

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन लाग्न समेत निर्देशन दिएको छ। 

चुनाव आइसकेकाले पूर्व-निर्धारित अधिवेशन महाधिवेशन स्थानीय तहको निर्वाचनको मिति आसपास गर्न सान्दर्भिक र सम्भव नदेखिएकोले उल्लेख गरिएको छ। 

प्रतिक्रिया दिनुहोस