सामाजिक विकासमन्त्री मोक्तानसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, १३ : ५२
सामाजिक विकासमन्त्री मोक्तानसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानसँग स्पष्टीकरण मागेको छ । आयोगले मन्त्री मोक्तानसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

मन्त्री मोक्तान प्रचारप्रसारमा खटिएको फोटोसहितको विवरण सामाजिक सञ्जालमा भेटिएको भन्दै आयोगले स्पष्ट पार्न भन्दै पत्र लेखेको हो । आयोगले २४ घण्टाभित्र कारणसहित जवाफ दिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस