काठमाडौं । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले कोरोना महामारी पछि नेपालीको अर्थतन्त्र पुनर्त्थान भैरहेको बताएका छन् । कोरोना महामारीले थला परेको अर्थतन्त्र चालू आर्थिक बर्षको सुरु देखि नै हाम्रो अर्थतन्त्र पुन संचालनमा आएको उनले बताए ।
अहिले औद्योगिक क्षेत्र सतप्रतिशत संचालनमा आएकाले अर्थतन्त्रले नयाँ गतिमा पुग्ने उनको भनाइ छ । उनले अर्थतन्त्र पुनर्त्थान सङ्गै आर्थिक वृद्धिदर पनि बढ्ने बिश्वास लिएका छन् ।साथै ग्रोथ रेटमा पनि सुधार आएको बताउदैं उप्रेतीले पछिल्लो समय आयात बढेकाले अर्थतन्त्रमा दबाब परेको उनको भनाइ छ । आयात जति बढेपनी निराश बन्नुपर्ने अवस्था नरहेको र गत आबमा उत्पादित बस्तुको आयातको ३७ प्रतिशत कन्जुम रहेको थियो भने अहिले घटेर ३५ मा झरेको बताए ।
उप्रेतीले निजी क्षेत्रलाई उत्पादनमुखी अर्थतन्त्रमा जोड दिन आग्रह गरेका छन् । पछिल्लो ५–६ महिनादेखि रेमिटेन्स घटेकाले समस्या आएको उनले बताए । वैदेशिक रोजगारमा जानेले रेमिटेन्स पठाउने बिश्वास लिएका थियौ तर त्यो अपेक्षा पूरा नभएको उनले बताए ।
नेपालको अर्थतन्त्रमा बिगत ४० बर्षदेखी खस्किदै आएको छ । चालू आबमा ३ खर्ब बराबरको कृषिजन्य सामाग्री आयात भएको उनले बताए । त्यसैले अबका दिनमा कृषिलाई विशेष जोड दिनुका साथै दिगो आर्थिक बिकासका लागि उत्पादनमुखी अर्थतन्त्र नितिमा जोड दिनुपर्नेमा भनाइ उनको रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, १३ : ३९
लेखकबाट थप