समिक्षाले किन सच्याइन् भाइरल फेसबुक स्टाटस ?

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, ११ : ३६
समिक्षाले किन सच्याइन् भाइरल फेसबुक स्टाटस ?

काठमाडौं । गायिका समीक्षा अधिकारीले लामो समयपछि सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेखिन् । बिहीबार बिहान आफ्नो भेरिफाइड फेसबुक आईडीमा जिन्स आउटरसहितको ताजा तस्वीर राख्दै भावुक स्टाटस लेखेकी थिइन् । 

अधिकारीको फेसबुक स्टाटस-
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु 
तिम्रो लागि आफैलाई  दुस्खमा पार्न सक्छु 
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म 
त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु’

यो स्टाटस केहि समयमा नै चर्चामा आयो । सो पोस्टमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरे । तर, उनले सो स्टाटस सच्याएकी छिन् । उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी हुन् । 

प्रतिक्रिया दिनुहोस