गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ आज हुँदै

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, ११ : ३२
गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भएपनि समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

गभर्नर अधिकारीले सरकारले विनाकारण आफूमाथि छानबिन समिति गठन गरेको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत २५ गते बसेको मन्त्रिपरिषदले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्वनमा परेका थिए ।

तर वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी काममा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस