सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, सोही गाउँ बस्ने ४० वर्षीय भरतबहादुर बुढा र वडा नं १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार उनीहरूलाई बुधबार वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बसपार्कस्थित नन्दबहादुर शाहीको सुनिता होटलबाट पक्राउ गरिएको हो । चितुवाको छाला कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई त्यहाँबाट पक्राउ गरेको । पक्राउ परेका तीनै जनाको आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ बैशाख २०७९, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ