काठमाडाैँ ।नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका छन्।आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् घिमिरेले यस्तो संकेत गरेका हुन्। उनले देशभरका स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई पनि जितको शुभकामना दिएका छन्।
ट्वीटरमा घिमिरेले लेखेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ’।
उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन्। घिमिरे महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, १० : ४८
लेखकबाट थप