स्थानीय तह निर्वाचन

शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखा

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १४ : ५५
शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखा

तनहुँ । शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ ।

सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराएका हुन् । उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुन् । उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ । एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराईरहेको छ ।

प्रतिक्रिया दिनुहोस