गोरखा । गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए ।
‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपानेले भने, ‘काँग्रेस गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिने छौ।’ यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए।
काँग्रेसले आफ्नो कुरा स्वभाविकै रुपमा राखिसक्यो। हामी अन्तिमसम्म पनि मिलेर जाने प्रत्यत्न गर्ने छौ’ थापाले भने,‘अब काँग्रेस बाहिरिएपनि गठबन्धनका अन्य दलसँग तालमेल गर्ने छौ।’ यस अघि निर्वाचनमा काँग्रेसले ९ र माओवादीले २ स्थानीय तह जितेका थिए। गोरखामा २ नगरपालिका सहित ११ स्थानीय तह छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?