सुर्खेत । सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनका लागि हुम्लाका पालिकामा सिट भागवण्डा गरेको छ । सहमतिअनुसार माओवादी केन्द्रले चार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले तीन गाउँपालिका अध्यक्षको उम्मेदवार पाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीले भने तीन गाउँपालिकामा उपाध्यक्षको भाग पाएको छ । ताजाकोट,चंखेली,सिमकोट र नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ । अदानुचली, खार्पुनाथ र सर्केगाड कांग्रेसले अध्यक्षको भाग पाएको छ । ताजाकोट,चंखेली र खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा भने समाजवादीले उपाध्यक्ष लिने भएको छ ।
अदानचुली गाउँपालिकामा कांग्रेसका मोहनविक्रम सिंह अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रबाट हरिदल पुन तथा चंखेली गाउँपालिकामा माओवादी केन्द्रका गोविन्दबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा समाजवादीका प्रेमकला शाही उम्मेदवार बन्ने देखिएको छ।
खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्ण रावल अध्यक्ष र समाजवादीबाट शतिसिहं ऐडी उपाध्यक्षको चुनाव लड्ने भएका छन् । सिमकोट गाउँपालिकामा विजय भणडारीलाई उम्मेदवार बनाउन खोजिए पनि माओवादी कार्यकताको विरोध गरेका छन् । कांग्रेसले उपाध्यक्ष टुंगाएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमि अध्यादेशको विपक्षमा उभियो मधेश केन्द्रित ८ दलीय गठबन्धन
भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित ८ दलीय गठबन्धन
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले