अर्जुनसँगको डेटबारे के बताइन् मलाइकाले ?

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १४ : ३५
अर्जुनसँगको डेटबारे के बताइन् मलाइकाले ?

बलिउड अभिनेत्री मलाइका अरोडा पछिल्लो समय अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण बारम्बार चर्चामा आइरहेकी हुन्छिन् । नआउन् पनि किन उनको र अर्जुन कपुरको उमेरमा भएको भिन्नताबारे उनकै सामाजिक सन्जालमा उनकै प्रशंसकहरुले पनि बारम्बार प्रश्न गरिरहेका हुन्छन् ।

अहिलेसम्म आफ्नो अफेयरबारे यी दुईले खासै धेरै बताएका छैनन् । तर, यो विषयमा ट्रोल बनिरहेपछि हैरान भएर हुनुपर्छ, मलाइकाले कडा जवाफ दिएकी छिन् ।

भारतीय मिडियाको एउटा अन्तर्वार्तामा उनले सम्बन्धविच्छेदपछि पनि प्रत्येक महिलाको जीवन हुने र आफ्नो विषयमा कुरा गरिरहनेहरु स्त्रीविरोधी भएको बताएकी छिन् । उनले सम्बन्धविच्छेद भए पछि पनि महिलाको जीवन हुने भएकाले त्यसलाई सामान्य रुपमा लिनु आजको आवश्यकता भएको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस