आईसीयू र भेन्टिलेटर खाली, सक्रिय संक्रमित तीन सय भन्दा कम

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १४ : ३०
आईसीयू र भेन्टिलेटर खाली, सक्रिय संक्रमित तीन सय भन्दा कम

काठमाडौं । धेरै समयपछि  पहिलोपटक कोभिड बिरामीको सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर खाली भएका छन् स्वास्थ्य मन्त्रालयले  जनाए अनुसार थप १८ जना नयाँ संक्रमित फेला परेपनि आईसीयू र भेन्टिलेटरमा एकजना पनि कोभिडका बिरामी छैनन्।

मन्त्रालयका अनुसार २ हजार १३३ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५१८ जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्‍ये २७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८९३ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ।

नेपालमा संक्रमण कम हुदै गएपनिभारतमा केही दिनयता संक्रमण बढ्न थालेका विवरण आएका छन्। भारतमा २४ घण्टाको समयावधीमा दुई हजार ४५१ व्यक्ति कोरोनाका थप  संक्रमित भएपछि त्यहाँ कुल  संक्रमितको संख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरसको पुनः नयाँ  संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो। यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार ११६ पुगेको छ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २४१ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायताबाट सक्रिय  संक्रमित  घट्ने क्रम जारी रहेको थियो। तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ। 

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ५८९ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

प्रतिक्रिया दिनुहोस