५ किमि रोड रेसको खुलातर्फको उपाधि मुकेश र सन्तोषीलाई

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १४ : १२
५ किमि रोड रेसको खुलातर्फको उपाधि मुकेश र सन्तोषीलाई

काठमाडौं । मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठले शनिबार तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फको उपाधि जितेका छन्।पुरुषको उपाधि जित्न मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए। 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन्। १३ औं सागकी रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले रजत तथा निर्मला केसी (१९ मिनेट ४४.४३ सेकेन्ड) ले कांस्य जिते।खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गरे।

रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए। उनको टाइमिङ १७ मिनेट ०९.०७ सेकेन्ड रह्यो । ईश्वरचन्द्र बस्नेत (१७ मिनेट २३.१६ सेकेन्ड) दोश्रो तथा विकेश घिमिरे (१७ मिनेट २८.०८ सेकेन्ड तेश्रो बने।छात्रामा

निर्धारित लक्ष्य २० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै सरस्वती बोहरा शीर्ष स्थानमा रहिन् । सोनु घतानी (२१ मिनेट ५६.३० सेकेन्ड) दोश्रो तथा अन्जु खड्का (२२ मिनेट ५८ सेकेन्ड) तेश्रो भए । छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार पाए।

दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडमा २ सय ५० प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ।विजेतालाई पूर्व मन्त्री भानुभक्त ढकाल, नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत, रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।सो अवसरमा पूर्व धावक ओलम्पियन मुकुन्दहरि श्रेष्ठ र करातेका ओमकृष्ण प्रसाईंलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस