आईपीएल म्याच प्रिभ्यू : कोलकातालाई आफ्नै पूर्व खेलाडीले दिरहन्छन् चोट

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १४ : ०९
आईपीएल म्याच प्रिभ्यू : कोलकातालाई आफ्नै पूर्व खेलाडीले दिरहन्छन् चोट

काठमाडौं ।कोलकाता नाइट राइडर्सका लागि इन्डियन प्रिमियर लिग (आईपीएल)२०२० को यो सिजन मिश्रित रह्यो। ७ खेलमा ३ जित र ४ हारसहित कोलकाता अंक तालिकाको सातौं स्थानमा रहेको छ। कप्तान श्रेयस अय्यर पछिल्लो ३ इनिङ्सबाट लयमा फर्किएका छन्, तर समस्या स्पिन बलिङमा पनि छ। त्यसमाथि अहिले कोलकातालाई पूर्व खेलाडीहरुले पनि हरेक खेलमा चोट दिइरहेका छन्।

कोलकाताले हारेका ४ खेलमा उसका पूर्वखेलाडीले अहम भूमिका खेलेका छन्। दिनेश कार्तिकले रोयल च्यालेन्जर्स बैंग्लोरका लागि ७ बलमा अविजित १४ रन बनाएर खेल जिताएका थिए। यता, दिल्ली क्यापिटल्समा पुगेका कुलदीप यादवले ४ ओभरमा ३५ रन दिएर ४ विकेट लिएर कोलकातालाई हराए। सनराइजर्स हैदराबाद पुगेका राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाएर कोलकातालाई हराएका थिए। 

यसपटक कोलकाताको अगाडि गुजरात टाइटन्स पुगेका शुभमन गिल र लकी फर्गुसन छन्। गिलको यो सिजन मिश्रित रहेको छ। या त उनी चाँडै आउट भएका छन् या उनले ठूलो इनिङ्स खेलेका छन्। उनी पहिलो १० बलमा ६ मध्ये ३ पटक आउट भएका छन्। तर, यदि उनी छिट्टै आउट भएनन् भने उनले १५० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाउन थाल्छन्। 

यता, फर्गुसनले पहिलो पटक आफ्नो पुरानो फ्रान्चाइजी कोलकातासँग सामना गर्नेछन्। उनी मोहम्मद शामीसँगै यो सिजन गुजरातका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। दुवैले समान ८–८ विकेट लिएका छन्। राजस्थान रोयल्सविरुद्धको खेलमा फर्गुसनले २३ रन दिएर ३ विकेट लिएका थिए। के यसपटक गिल र फर्गुसनलाई कोलकाताले रोक्ला त?

पावरप्लेमा श्रेयस

कोलकाताका कप्तान श्रेयस अय्यर यो सिजन आफ्नो टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले अहिलेसम्म १४८.४२ को स्ट्राइक रेटमा २३६ रन बनाएका छन्। उनी आईपीएलको इतिहासमा राशिद खानविरुद्ध सर्वाधिक रन बनाउने दोस्रो खेलाडी पनि हुन्। अय्यरले ७७ बलमा ८३ रन बनाएका छन् भने रसिदले उनलाई दुई पटक आउट गरेका छन्।

तर, श्रेयसले सिजनको सुरुआत राम्रो गर्न सकेन। उनले ४ इनिङ्समा ६९ रन मात्र बनाएका छन्। तर, पछिल्लो ३ इनिङ्समा उनको ब्याटबाट ५४, २८ र ८५ रन आएका छन्। श्रेयसले पावरप्लेमा बढी रन बटुलेका छन्। उनले लगातार स्ट्राइक परिवर्तन गर्छ र बाउन्ड्री प्रहार गर्छ। उनले १३१ को स्ट्राइक रेटमा रन बनाएका छन्। यससँगै अन्तिम ओभरमा उनले १७० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाउन थाल्छन्।

चक्रवर्तीलाई सुधारको खाँचो

सुनिल नारायणले ब्याट्सम्यानलाई अझै समस्यामा पारिरहेका छन्। यस्तो अवस्थामा ब्याट्सम्यानले रक्षात्मक खेल्दै अन्य बलरविरुद्ध रन बनाउन थालेका छन्। यही कारणले गर्दा यसपटक वरुण चक्रवर्ती महँगो साबित भइरहेका छन्। 

७ मध्ये २ खेलमा मात्र चक्रवर्तीले ६ भन्दा कमको इकोनोमीमा बलिङ गरेका छन्।  अर्कोतर्फ यो सिजन नारायणको इकोनोमी झनै सुधार भएको छ। 

नारायणले ७ खेलमा ५ को इकोनोमीमा ६ विकेट लिएका छन्। यता, चक्रवर्तीले ७ खेलमा ८.८ को इकोनोमीमा जम्मा ४ विकेट लिएका छन्। आईपीएल २०२१ को कुरा गर्ने हो भने नारायणले ६.४ को इकोनोमीमा १४ इनिङ्समा १६ विकेट लिएका थिए। यता, चक्रवर्तीले ६.६ को इकोनोमीमा १९ इनिङ्समा १८ विकेट लिए। यस्तो अवस्थामा यदि चक्रवर्तीले दबाबमा विकेट लिने हो भने उनले केही फरक गर्नुपर्नेछ।

सफलता
तथ्याङ्कले भन्छ– जब वेंकटेश अय्यरले २५ भन्दा बढी स्कोर बनाउँछन्, तब कोलकाताको जित प्रतिशत ७५  पुग्छ। ८ पटक उनले २५ भन्दा बढी रन बनाएका छन् भने ६ पटक कोलकाताले जित हात पारेको छ।

अर्कोतर्फ, चक्रवर्तीले प्रतिओभर ६ भन्दा कम रन दिए पनि कोलकाताको जितको प्रतिशत ७२.७ बन्छ। यो ११ पटक भएको छ, जहाँ कोलकाताले ८ पटक जितेको छ।

गुजरात टाइटन्सको तथ्याङ्कलाई हेर्ने हो भने कुनै पनि ब्याट्सम्यानले ६० वा त्योभन्दा बढी रन बनायो भने उसलाई हराउन गाह्रो हुन्छ। गुजरातले एक खेल मात्र हारेको छ। उक्त खेलमा शुभमन गिल, डेभिड मिलर, हार्दिक पाण्ड्याले ६० रनको इनिङ्स खेलेका थिए।

गुजरातको व्यवस्थापनले हार्दिकलाई चौथो नम्बरमा ब्याटिङ उतार्ने गरेको छ। यो रणनीति धेरै हदसम्म सफल भएको छ। हार्दिक ५ खेलमा २२८ रन बनाएर गुजरातका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। पाण्ड्याले बलिङमा अहिलेसम्म ४ विकेट लिएका छन्। तर, कोलकाताविरुद्ध उनको कीर्तिमान अभूतपूर्व छ।

कोलकाताविरुद्ध उनले ९ खेलमा ११ विकेट लिएका छन्। यस अवधिमा उनले ६.९१ प्रतिओभरको इकोनोमीमा रन खर्च गरेका छन्।

यता, चेन्नई सुपर किंग्सविरुद्धको अन्तिम खेलमा मिलरले ५१ बलमा ९४ रन बनाएर आफ्नो टोलीलाई जित दिलाएका थिए। टी२० मा २०२१ यता डेथ ओभरमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा मिलर तेस्रो स्थानमा छन्। उनले यस अवधिमा डेथ ओभरमा २२८ बलको सामना गर्दै १९१.६६ को स्ट्राइक रेटमा ४३७ रन बनाएका छन्।

प्रतिक्रिया दिनुहोस