पशुपतिनाथ मन्दिरका मूल भट्ट बाँकेमा

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १३ : २५
पशुपतिनाथ मन्दिरका मूल भट्ट बाँकेमा

 पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल गणेश आज नेपालगञ्ज आइपुगेका छन्।

नेपालगञ्ज कोहलपुर सडकखण्डमा पर्ने जानकी गाउँपालिका वडा नं. ६, कोठारपुरमा शनिदेवको मन्दिर निर्माणका लागि भूमि पुजन गर्न मूल भट्ट आएका हुन्।भट्टलाई नेपालगञ्ज राँझा विमानस्थल परिसर बाहिरबाट रथ चढाएर भूमि पूजन स्थलसम्म लगिएको छ।

विश्वविख्यात शनि मन्दिर स्थापनार्थ महन्त भीमनाथ, बाबाटेकनाथ, बाबा भट्टुनाथको पनि उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस