काठमाडौंमा एकैदिन १,६५६ चालक ट्राफिकको कारबाहीमा

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १३ : ०७
काठमाडौंमा एकैदिन १,६५६ चालक ट्राफिकको कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ६५६ जना चालकलाई कारबाही गरेको छ । 

शुक्रबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । १ हजार ६५६ जना चालकलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  फुटपाथमा पार्किङ गर्ने ७२ जना, मदिरा सेवन गरेर सवारी साधन चलाउने १०० जना,  जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७२ जना रहेका छन् । ढोका खुल्लै राखेर सवारी चलाउने २५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ७४ जना,  अवस्था ठिक नभएको सवारी साधन चलाउने ४७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ । 

रातो बत्तीको उल्लङ्घन गर्ने ४४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २६ जना चालक प्रहरी कारबाहीमा परेका प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस