विश्व शान्तिको कामना गर्दै ट्रेड युनियनले मनाउने भो मे दिवस

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १२ : ५९
विश्व शान्तिको कामना गर्दै ट्रेड युनियनले मनाउने भो मे दिवस

काठमाडौं । विश्वभरका मजदुरहरुले मुक्तिको खातिर गरेको अन्दोलनबाट प्राप्त उपलब्धिलाई स्मरण गर्दै विश्वका श्रमिकहरुले मनाउँदै आएको मे दिवसका अवसरमा नेपालमा भने विश्व शान्तिको कामना गर्दै मनाइने भएको छ ।

मुलुकका श्रमजीविले अझै पनि रोजगार पा्रप्त नगरेको र शान्तिपूर्ण जीवन यापन गर्न नसकेको निष्कर्ष निकाल्दै श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले मे दिवसको अवसरमा विश्व शान्तिको लागि बौद्ध धर्मका औतारी धर्मगुरुबाट विश्व शान्ति पुजा कार्यक्रम राखिएको संस्थाका अध्यक्ष राम तामाङले बताए ।

विश्वका श्रमिकहरुले ईतिहासकालका गरेको आन्दोलनको उपलब्धिलाई संस्थागत भएको अवसरमा मनाईदै आएको मे दिवस नेपालको सन्दर्भमा भने अझैपनि उपलब्धि विहिन भएको अध्यक्ष तामाङको दावी छ । अध्यक्ष तामाङ अगाडि भन्छन् – श्रमिक वर्गलाई रासन कार्ड, आरक्षण लगायतका मागहरु पुरा होस् भन्ने कामनार्थ पनि पुजाको कार्यक्रम राखिएको र सरकारको पनि ध्यानाकर्षण हुनसक्छ भन्ने हामीले आशा लिएका छौं ।

प्रतिक्रिया दिनुहोस