चितवन जिल्ला फुटबल संघमा पुनः कार्कीको नेतृत्व

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १२ : ४२
चितवन जिल्ला फुटबल संघमा पुनः कार्कीको नेतृत्व

चितवन । चितवन जिल्ला फुटबल संघको अध्यक्षमा पुनःकृष्ण कार्की चयन भएका छन् । संघको आज (शनिबार) सम्पन्न छैटौं जिल्ला अधिवेशनले कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्धितिय उपाध्यक्षमा विजय घले र तृतीय उपाध्यक्षमा विनोद लामा चयन भएका छन्  । यस्तै कार्यसमिति सदस्यहरुमा दिपक गुरुङ, लाल सिंह गुरुङ, शम्भु विक, रणबहादुर घले, नविन बस्याल, वरुण बस्नेत, अरुणराज वन्त, प्रेमबहादुर गुरुङ, ध्रुव भुसाल, शकुन्तला खड्का र कृष्णबहादुर कार्की चयन भएका छन् ।

यसैबीच संघको आजै सम्पन्न पहिलो बैठले महासचिव र कोषाध्यक्ष मनोनित गरेको छ । संघका अध्यक्ष कार्कीले महासचिवमा रामहरि ढकाल र कोषाध्यक्षमा प्रविण जोशीलाई मनोनित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस