हावाहुरीले टावर ढलेपछि रेडियो भरतपुरको प्रसारण अवरुद्ध

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १२ : २१
हावाहुरीले टावर ढलेपछि रेडियो भरतपुरको प्रसारण अवरुद्ध

चितवन । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ ।शुक्रवार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण १५ लाख रुपैयाँको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए ।

हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी दिए । १ महिनाअघि मात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस