१४ जलविद्युत कम्पनीको लाभांशः न्याग्दीले सबैभन्दा धेरै दिँदा ३ कम्पनीले बराबर बाँडे

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, ११ : ५२
१४ जलविद्युत कम्पनीको लाभांशः न्याग्दीले सबैभन्दा धेरै दिँदा ३ कम्पनीले बराबर बाँडे

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४८ वटा हाइड्रोपावर कम्पनीहरू सूचीकृत छन् । तर हालसम्म १४ वटा हाइड्रोपावर कम्पनीले मात्रै लाभांश वितरण गर्ने भएका हुन् । गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट हालसम्म १४ वटा हाइड्रोपावर कम्पनीले लाभांश वितरण गरेका हुन् । 

गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा न्याग्दी ग्रुप पावर लिमिटेड रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । त्यस्तै, सबैभन्दा कम लाभांश वितरण गर्ने कम्पनीमा नेपाल हाइड्रो डेभलपर रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश गरी कूल ७.०३६८४ प्रतिशत लाभांश वितरण गरेको हो । 

त्यस्तै, दोस्रो धेरै लाभांश वितरण गर्नेमा बुटवल पावर कम्पनी रहेको छ । बुटवल पावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको हो ।

साथै, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले १८.५२५ प्रतिश बोनस शेयर र ०.९७५ प्रतिशत नगद लाभांश गरी कूल १९.५ प्रतिशत, अरुण काबेली पावरको १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश गरी कूल १७.८९ प्रतिशत, कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस शेयर ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत र चिलिमे हाइड्रोपावरको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको हो । 


त्यस्तै, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १२.६ प्रतिशत नगद लाभांश, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १२.६ प्रतिशत नगद लाभांश, अपी पावर कम्पनी लिमिटेडले १०.५ प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश गरी कूल ११.०५ प्रतिशत, रुरु जलविद्युत प्रयोजना लिमिटेडले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत, सानिमा माई हाइड्रोपावर लिमिटेडले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत र अरुण भ्याली हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश गरि १०.५२६ प्रतिशत वितरण गरेको हो ।  

प्रतिक्रिया दिनुहोस