काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागेका छन् ।
उनले मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरु बोलेका थिए ।
उनले आज यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी मागेका हुन् ।
सभापति लामाले माफी माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधंै सम्मान गर्ने बताए ।
उनले स्थानीय तह निर्वाचनको घोषणापत्रमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्न अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति