काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागेका छन् ।
उनले मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरु बोलेका थिए ।
उनले आज यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी मागेका हुन् ।
सभापति लामाले माफी माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधंै सम्मान गर्ने बताए ।
उनले स्थानीय तह निर्वाचनको घोषणापत्रमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्न अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?