स्थानीय तह निर्वाचन

जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन सुरु, ४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १७ : १७
जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन सुरु, ४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति

काठमाडौं  । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेको छ । आजबाट ती सामाग्री जिल्लाहरुमा पठाउन सुरु गरिएको आयोगजले जनाएको छ । 

‘निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन थालेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री पठाइदै छ । अन्य जिल्लामा पनि क्रमस निर्वाचन सामाग्री पठाइन्छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा भने । 

निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिएको छ । अनुमति पाएका ४४ वटा संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने आयोगले जनाएको छ । 

‘अनुमति पाएका संस्थाका पर्यवेक्षकले तोकिएको मतदान स्थलमा पर्यवेक्षण गर्नेछन् । आफ्नो नामावली भएको स्थानमा उनीहरुले पर्यवेक्षण गर्न पाउने छैनन्,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने ।

प्रतिक्रिया दिनुहोस