करिश्माले फेसबुकमा नामको पछि थपिन् ‘सूर्यकुमारी’

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १७ : ०९
करिश्माले फेसबुकमा नामको पछि थपिन् ‘सूर्यकुमारी’

काठमाडौं ।नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा नामको पछि ‘सूर्यकुमारी’ थपेकी छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नामको पछाडि कोस्टमा ‘सूर्यकुमारी’ थपेकी हुन् । 

एमाले प्रवेश गरेपछि सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफ्नो न्वारानको नाम सूर्यकुमारी रहेको खुलाएकी थिइन् । उक्त अभिव्यक्ति पछि आएका विभिन्न टीकाटिप्पणी सेलाउन नपाउँदै उनले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि सूर्यकुमारी थपेकी हुन् । 

उनले आफ्नो अभिव्यक्‍तिलाई लिए चर्चा गर्नेप्रति लक्षित गर्दै समाजिक सञ्जालमा ‘सूर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो’ भन्दै व्यङ्ग्य गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस