फिल्म साउथएशिया महोत्सव प्रारम्भ

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १६ : ३३
फिल्म साउथएशिया महोत्सव प्रारम्भ

काठमाडौं ।ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा महोत्सव शुरू भएको हो। महोत्सवमा दक्षिणएशियाका आठ देशका ७१ वृत्तचित्र प्रदर्शन गरिनेछ।

महोत्सवका लागि आएका दक्षिणएशियाका तीन हजारभन्दा बढी वृत्तचित्रबाट ७१ छनोट गरिएका हुन्। यी वृत्तचित्र चार दिनसम्म  प्रदर्शन गरिने आयोजक फिल्म साउथएशियाले जनाएको छ। महोत्सवको पहिलो दिन बिहीबार नौ वटा वृत्तचित्र प्रदर्शन गरिने कार्यतालिका छ। त्यस्तै, शुक्रबार २३ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ।
यसै गरी महोत्सवको तेस्रो दिन शनिबार १९ वटा र अन्तिम दिन आइतबार २० वटा वृतचित्र प्रदर्शन गर्ने कार्यतालिका छ।

साथै, महोत्सवमा दक्षिणएशियाका विभिन्न देशका वृत्तचित्र निर्माता, निर्देशक, कलाकार तथा सम्बन्धित विज्ञहरूसँग छलफल कार्यक्रम पनि रहेको छ।

 

प्रतिक्रिया दिनुहोस