काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मेयर पदका लागि पाँच जनाको सिफारिस गरिएको नगर सभापति नीलकाजी शाक्यले जानकारी दिए ।
महानगर कार्यसमितिको बैठकले महानगरपालिकाको मेयरका लागि नगरसभापति नीलकाजी शाक्य र सचिव सुशन वैद्यसहित हरिप्रभा खड्गी, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । खड्की वर्तमान उपमेयर हुन् भने सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् । रञ्जित कांग्रेसको महानगर सभापतिका प्रत्यासी हुन् ।
सत्ता गठबन्धनले काठमाडौंमा कांग्रेसका तर्फबाट मेयर र नेकपा एकीकृत समाजवादीबाट तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?